काठमाण्डौ । केही प्रदेश सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि फागुन १ गते (सोमबार) सार्वजनिक बिदा दिएपछि लगानीकर्तामा सेयर बजार खुल्छ कि खुल्दैन भन्ने अन्यौलता देखिएको छ।
केही ब्रोकर हाउसदेखि क्लब हाउसहरुमा भोलिको सार्वजनिक बिदामा सेयर बजार के होला भन्ने विषयमा निकै चर्चा चलेको पाइएको छ। बागमती, मधेश र कर्णाली प्रदेश सरकारले भोलि फागुन १ गते जनयुद्ध दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।
यही सार्वजनिक बिदालाई सेयर बजारका लगानीकर्तामा अन्यौलता छाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रवक्ता मुराहरी पराजुलीले भोलि सेयर बजार बन्द नहुने बताए। ‘अन्य दिनमा जस्तै भोलि पनि सेयर कारोबार हुनेछ’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19