काठमाण्डौ । हामी अहिले विद्युुतीय युुगमा बाँचिरहेका छौ । हामीहरु प्रायले हातमा स्मार्ट फोन बोकेका हुुन्छौ । सामाजिक सञ्जाल फेसबुुक, इन्टाग्राम, ट्वीटर पहिलेभन्दा अझै चर्चित भइरहेका छन् । प्रविधिको यो फड्कोले बैंक तथा वित्तय संस्थासँग हामीले गर्ने व्यवहार र सहकार्यमा समेत परिवर्तन ल्याएको छ ।
अनलाइन कारोबार गर्ने ग्राहकको संख्या बढेसँगै नेपालमा यतिबेला इन्टरनेट बैंकिङको टे«ण्ड बढ्दो छ । पछिल्लो समय बैंकिङ कारोबार सहज बन्दै गइरहेको छ । बैंकमा लाग्नुु पर्ने पट्यारलाग्दो लाइनबाट ग्राहकहरुले उन्मुक्ति पाउन थालेका छन् । अनलाइन बैंकिङको माध्यमबाट कारोबार गर्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
अनलाइन बैंकिङ गर्दा काम छिटो छरितो ढंगबाट हुुने भएकाले यसको प्रयोग बढिरहेको छ । अनलाइन बैंकिङको माध्यमबाट बिल तिर्नुुका साथै पैसा ट्रान्सफर गर्न समेत सकिन्छ । यसले मानिसको दैनिकीलाइ नै सहज बनाइरहेको छ । अनलाइन बैंकिङलाई ‘नेट बैंकिङ’ समेत भन्ने गरिन्छ ।
के हो अनलाइन बैंकिङ ?
इन्टरनेटको माध्यमबाट बैंकका ग्राहकले गर्ने कारोबारलाई अनलाइन बैंकिङ भनिन्छ । अर्थात अनलाइन बैंकिङ भनेको विद्युुतिय भुुक्तानी प्रणाली हो, जसले बैंकका ग्राहक र वित्तीय संस्थालाई बैंकको वा वित्तीय संस्थाको वेभसाइटबाट आर्थिक कारोबार गर्ने सहजता प्रदान गर्दछ ।
अनलाइन बैकिङको प्रयोगबाट यसका प्रयोगकर्ताले आफ्नो खातामा भएको पैसाको जानकारी, आफूले हालै गरेका कारोबारको जानकारी, विभिन्न बिल भुुक्तानी, आफ्नो खाताबाट रकम हस्तान्तरण जस्ता सुुविधाहरु प्रयोग गर्न सक्छन् । यस्ता सुुविधाहरु ग्राहकले मोबाइल र कम्प्युुटरको सहायताले जुुनसुुकै ठाउँबाट प्रयोग गर्न सक्छन् । यसरी गर्ने कारोबारले समयको बचत गर्नुुका साथै सुुरक्षित समेत हुुने गर्दछ ।
नेपालमा इन्टरनेट बैंकिङ: एक झलक
नेपालमा इन्टरनेट बैंकिङको श्रीगणेशकर्ताका रुपमा कुुमारी बैंकलाई लिने गरिन्छ । कुुमारी बैंकले सन् २००२ मा ई–बैंकिङको थालनी गरेको थियो । त्यसपछि नेपालमा इन्टरनेट बैंकिङले छलाङ मारेको पाइन्छ । यसका साथै नेपाली बैंकहरु इन्टरनेट बैंकिङ र विद्युुतीय भुुक्तानीको प्रवद्र्धनका लागि सक्रिय भएर लागेको पाइन्छ । भौगोलिक विकटता भएको नेपालमा इन्टरनेट बैंकिङले ग्राहकसंग पुुग्न र उनीहरुसँगको दूरी घटाउन मद्धत गरेको छ ।
अनलाइन बैकिङको फाइदा
१.बिलको भुुक्तानी–अनलाइन बैंकिङको माध्यमबाट लगभग सबै प्रकारको युुटिलीटी बिल र क्रेडिट काडको बिल भुुक्तानी गर्न सकिन्छ।
२.खातासम्बन्धी जानकारी
बैंक खातामा कति पैसा छ र जम्मा गरेको पैसा खातामा आयो कि आएन भनेर जानकारी लिन सकिन्छ ।
३.रकम हस्तान्तरण
अनलाइन बैंकिङको सहायताले एउटा खाताबाट अर्काे खातामा पैसा पठाउन सकिन्छ । यसका साथै इन्टरनेट बैंकिङको मदतले अर्काे बैंकको खाताको पैसा आरजीटीएस को माध्यमबाट हस्तान्तरण गर्न सकिन्छ ।
४.बैंकिङ गतिबिधि सम्बन्धी जानकारी
तपाइले गरेको सम्पूर्ण बैंकिङ कारोबारको जानकारी अनलाइन बैंकिङबाट लिन सकिन्छ । जस्तै तपाइले कहिले कुुन समयमा पैसा झिक्नुुभयो वा निकाल्नुुभयो इत्यादि ।
५.कागजरहित बैंकिङ
अनलाइन बैकिङमा कागजको कुुनै पनि प्रयोग हँुुदैन । जसले गर्दा अनलाइन कारोबार वातावरण अनुुकुुल हुुन्छ । यसले पर्यावरण जोगाउन समेत भूमिका निभाइरहेको हुुन्छ ।
६.वित्तीय औजारको प्रयोग
अनलाइन बैंकिङमा अन्य औजारको प्रयोग पनि गर्न सकिन्छ । जस्तै एफडी वा आरडी ।
७.ऋण लिन सकिन्छ
अनलाइन बैंकिङको माध्यमबाट बैंकबाट उधारो लिन पनि सकिन्छ । कतिपटक त माउसको क्लिक बटन थिचेको भरमा खातामा पैसा आउँछ ।
अनलाइन बैंकिङ गर्दा अपनाउनुुपर्ने केही सावधानी
१.यदि तपाई साइबर क्याफेमा बसेर इन्टरनेट बैंकिङ प्रयोग गरिरहनुुभएको छ भने सावधान रहनुु पर्दछ । साथै सुुरक्षाको लागि पब्लिक कम्प्युुटरको प्रयोग गर्नु हुँदैन । यसका साथै पब्लिक वाइफाई वा फ्रि वाइफाइ कमभन्दा कम प्रयोग गर्ने बानी बसाल्नु पर्दछ ।
२.अनलाइन बैंकिङमा पहँुुच बढाउँदा बलियो पासवर्ड राख्नुु पर्दछ र समय समयमा यसलाई परिवर्तन गरिरहनुु पर्दछ ।
३.यदि कसैले फोनमार्फत अनलाइन बैंकिङ सम्बन्धी जानकारी माग्छ भने त्यस्ता व्यक्तिबाट सावधान रहनुु पर्दछ । लगइन डिटेल बताउँदा खाता खाली हुुन पनि सक्छ ।
४.कुुनै पनि इमेल वा एसएमएसमा आएको लिंकमा क्लिक गरेर लग इन गर्नुु हुँदैन । यस्तो लिंक ह्याकरले पठाएको पनि हुुन सक्छ ।
५.इन्टरनेटमा सुरक्षित हुुनका लागि आफ्नो डिभाइस वा कम्प्युुटरलाई सुुरक्षित पार्नुु पर्दछ । यसका लागि एन्टीभाइरसको प्रयोग गर्न सकिन्छ, जसले इन्टरनेट बैंकिङ सेक्योर हुुने गर्दछ ।
६.सधै सिस्टममा इन्टरनेट बैंकिङ लग इन गरिसकेपछि लग आउट गर्न बिर्सन हुँदैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago