काठमाण्डौ । गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भीषण हावाहुरीबाट पीडित बनेका स्थानीय जनतालाई जनता बैंकका तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ । 

धनगढी उपमहानगरपालिकाले सञ्चालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकका तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गर्नुभयो । 

उक्त रकम हावाहुरीपीडितहरुको पुनस्र्थापनाको क्षेत्रममा खर्च गरिनेछ ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवीप्रकोप राहतलगायत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।