काठमाण्डौ । विश्वका थोरै देशमा फैलिरहेको कोभिडको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’लाई लिएर वैज्ञानिकहरु हैरान भएका छन्।
पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको यो भाइरसले अहिले थुप्रै देशमा फैलिसकेको छ। जसमा बोत्सवाना, बेल्जियम, हङकङ, इसराइल, जर्मनी, बेलायत र अस्ट्रेलिया पनि समावेश छन्।
दक्षिण अफ्रिकाको सेन्टर फर एपिडेमिक रेस्पोन्स एन्ड इनोभेसनका निर्देशक प्रोफेसर टुलियो डी ओलिभेराले ओमिक्रोन अन्य भेरिएन्टभन्दा निकै फरक छ। यसमा म्युटेसनको असामान्य समूह पाइएको छ। ‘यो नयाँ भेरिएन्टबाट हामी हैरानमा परेका छौँ’, ओलिभेराले भने, ‘सामान्यतः भाइरसमा जुन किसिमको बदलाव हुनेछ गर्छ र जुन हामीले उम्मिद राख्छाँै, त्यो हिसाबले यो भाइरसमा तीव्र बदलावहरु देखिएका छन्।’
ओलिभेराका अनुसार यो भेरिएन्टमा कुल ५० म्युटेसन पाइएको छ र ३० भन्दा बढी स्पाइक प्रोटिनमा रहेको छ। ‘भाइरसले हाम्रो शरीरका कोशिकाहरुसँग सम्पर्क बनाउने हिस्साको कुराको गर्दा यसमा १० म्युटेसन रहेका छन्’, उनले भने, ‘जब कि विश्वभर तबाही मच्चाउने डेल्टा भेरिएन्टमा २ म्युटेसन रहेका थिए।’
अमेरिकाका संक्रामक रोग प्रमुख डा एन्थनी फाउचीले नयाँ भेरिएन्टको खबरले खतराको संकेत गरेको बताए। ‘यद्यपि कोभिड भ्याक्सिन अहिलो पनि यो बिमारीको गम्भीरतालाई रोक्न सक्षमता हुन सक्छ’, उनले भने।
फाउचीले जबसम्म ठिकसँग जाँच हुँदैन तबसम्म यो भाइरसबाट बचाउने एन्टीबडीलाई मात दिन्छ वा दिँदैन भन्ने पत्ता नलाग्ने बताए। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19