काठमाण्डौ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो चुम्न आएका पोल्यान्डका नागरिक टोमास्ज ज्याबोकलिकीलाई आधार शिविरमा पुगेको केही दिनमै एकाएक ज्वरो आयो। शरीर थिलथिलो भएपछि उनको तत्काल पीसीआर चेक गरियो। कोभिड १९ को संक्रमण पुष्टि भयो। उनीसँगै उनको टिमका ३ जनामा संक्रमण देखियो।
अरुको अवस्था सामान्य भए पनि ६३ वर्षीय टोमास्जको अवस्था भने जटिल बन्दै गयो। स्वयम् उनलाई पनि आफू बाँच्छुजस्तो लागेको थिएन रे। ‘नेपालमा युरोपमा जस्तो स्वास्थ्य सेवा नपाइएला, अब यतै मर्नुपर्ने अवस्था बन्ने भयो भन्ने लागेको थियो’, बुधबार स्वदेश फर्किनुअघि थापाथलीस्थित नर्भिक अस्पतालबाट डिस्चार्जको कागजात बुझ्दै टोमास्जले भने, ‘तर, यहाँ पनि युरोपका झैँ स्तरीय अस्पताल रहेछन्।’
टोमास्जले आफूले हचुवाको भरमा नर्भिक अस्पतालको सेवालाई युरोपका अस्पतालले दिने सेवासँग तुलना नगरेको पनि प्रस्ट्याए। ‘मैले यो कुनै कथा भनिरहेको छैन, यो यथार्थ हो’, उनले भने, ‘नर्भिकको मेडिकल प्रोसेड्यूर र सेवा युरोपकै जस्तै रहेछ। मैले यहाँ बस्दाका प्रत्येक प्रोसेड्युरको विषयमा युरोपस्थित मेरा निजी चिकित्सकहरुलाई जानकारी गराउने गरेको थियो, उनीहरुले पनि नर्भिकको मेडिकल प्रोसेड्युर चेक गरे। नर्भिकका डाक्टरहरुलाई पनि युरोपका मेरा डाक्टरहरुसँग निरन्तर सम्पर्क गराएका थिए। सो क्रममा मेरा निजी डाक्टरहरुले नै पनि ‘नर्भिकको सेवा तथा उपचार प्रक्रिया युरोपको जस्तै रहेको’ भनेका छन्।
कोभिड संक्रमणबाट ग्रस्त भई गम्भीर बनेका टोमास्ज करिब एक महिना लामो उपचारपछि ठीक भएका हुन्। अस्पतालका डाक्टरहरुका अनुसार नर्भिक ल्याइपुर्याउँदा उनको अवस्था निकै जटिल थियो। सघन उपचार कक्षमा राखेर उनको उपचार गरिएको थियो।
टोमास्जले नर्भिक अस्पतालबाट बिदा हुँदै गर्दा नेपालजस्तो सानो र विकासोन्मुख मुलुकमा समेत युरोपकै स्तरको स्वास्थ्य सेवा रहेकोमा खुसी प्रकट गरे। नर्भिकका डाक्टर तथा नर्सहरुको व्यावसायिकता, मीठो बोलीवचन र हसमुख व्यवहारको समेत उनले खुलेर प्रशंसा गरे।
‘यहाँका डाक्टरहरु पूर्ण व्यावसायिक रहेछन्। डा. शैलेन्द्र, डा. ऋतिकालगायतको सेवा निकै प्रोफेसनल लाग्यो’, टोमास्जले थपे, ‘नर्सहरुसमेत कोमल हृदयका र सहयोगी भावना बोक्ने रहेछन्। उनीहरुको मुस्कान त झनै राम्रो।’
टोमास्जले अस्पतालमा आफूलाई कुनै समस्या नरहेको र नेपाल जाने आफूजस्तै पर्यटक तथा आफ्ना साथीभाईलाई कुनै स्वास्थ्य समस्या परे नर्भिक नै जान आफूले सल्लाह दिनेसमेत बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19