काठमाण्डौ । इन्टरनेटका माध्यमबाट ठगी गर्नेहरुले हरेक दिन जी–मेल युजर्सलाई कोरोनाभाइरस महामारीका बारेमा १ करोड ८० लाख ई–मेल पठाइरहेको खुलासा भएको छ।
प्राविधिक कम्पनी गुगलले कोरोना महामारीका कारण विश्वभर ‘फिसिङ अट्याक्स’ बढिरहेको जनाएको छ। फिसिङ इन्टरनेटमा हुने ठगीको त्यो तरिका हो जसमा ठगहरुले ई–मेलका माध्यमबाट युजर्सहरुको क्रेडिट कार्ड डिटेलजस्ता निजी जानकारी हासिल गर्ने कोसिस गर्छन्। अहिले हरेक दिन त्यस्ता १० करोड फिसिङ ई–मेल ब्लक गरिरहेको गुगलले जनाएको छ।
कम्पनीले यो भाइरस फिसिङका लागि उपयुक्त टपिक बनिरहेको जनाएको छ। विश्वभर करिब डेढ अर्ब मानिस गुगलको जी–मेल सेवा प्रयोग गरिरहेका छन्।
के हो फिसिङ ई–मेल
ठगहरुले जी–मेल युजर्सलाई विभिन्न किसिमका ई–मेल पठाउँछन्। जसमा केही ई–मेल विश्व स्वास्थ्य संगठनजस्ता संस्थाका नाममा पनि पठाइने गरेको पाइएको छ। ता कि युजर्सलाई कुनै सफ्टवेयर डाउनलोड गर्न प्रेरित गर्न सकियोस्। अनि त्यसैको बहानामा चन्दा माग गर्न सकियोस्।
साइबर अपराधीहरु अहिले सरकारी संस्थाहरुको नाममा फाइदा उठाउने कोसिस गरिरहेका छन्। गुगलको दाबी छ कि उसको आर्टिफिसियल इन्टेलिसेन्स मेसिनहरुले यस किसिमका ९९.९ प्रतिशत ई–मेललाई ब्लक गर्न सक्षम रहेका छन्।
साइबर सेक्युरिटीसँग जोडिएका कम्पनीहरु पनि कोरोनाका नाममा पठाइने सिसिङ ई–मेलमा नजर राखिरहेका छन्। साइबर सेक्युरिटी फर्म बार्राकुडाका अनुसार कोरोना महामारीका क्रममा जालसाजीको नियतले पठाइने यस्ता फिसिङ ई–मेलमा ६६७ प्रतिशतको उछाल आएको छ। यस्ता फेक ई–मेल र एसएमएसहरुमा दाबी गरिएको हुन्छ कि यो सन्देश ब्रिटिस सरकार, विश्व स्वास्थ्य संगठन, सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन र यहाँसम्म कि राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट पठाइएको हो।
त्यसैले यस्ता ई–मेलहरुबाट बच्न आम युजर्सलाई गुगलले अनुरोध पनि गरेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago