काठमाण्डौ । भारत विश्व महामारी कोरोनाभाइरस ‘हटस्पट’ बन्द गएको छ। अहिले विश्वभर कोरोनाको दोस्रो लहरले तीव्रता पाइरहेको छ।
भारतमा शनिबार एकैदिन ९३ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। यो विश्वका कुनै पनि देशमा एकैदिन फेला परेको संक्रमितको संख्यामा सबैभन्दा धेरै हो। एकैदिन यतिधेरै संक्रमित फेला परेपछि भारतले अमेरिका र ब्राजिललाई पनि पछि पारेको छ।
त्यसो त शनिबारमात्रै भारतमा ५०० भन्दा बढीको कोरोनाबाट ज्यान गएको छ।
भारतमा कोरोना संक्रमणको नयाँ मामिलाको ७ दिनको औसत संख्याको हिसाबले पनि विश्वमै अग्रस्थानमा रहेको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा भारतमा एकैदिन ९० हजारभन्दा बढी संक्रमित यसअघि सन् २०२० को सेप्टेम्बर महिना फेला परेका थिए।
भारतमा हालसम्म १ लाख ६४ हजार ११० मानिसको कोरोनाबाट ज्यान गइसकेको छ। कोरोना संक्रमितको कुल मामिलाको हिसाबले भारत संसारमै तेस्रो स्थानमा छ। संक्रमितको मामिलामा अमेरिका र ब्राजिल पहिलो र दोस्रो स्थानमा छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago