काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ। संक्रमितको संख्या बढ्दै जानुले विश्वमै भारत कोरोना महामारीको हटस्पट बन्दै गएको छ।
पछिल्लो २४ घन्टाको अवधिमा भारतमा १ लाख २६ हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ। हालसम्म भारतमा एकैदिन यति धेरै संक्रमित फेला परेका छैनन्।
संक्रमितको संख्याको हिसाबले केही दिनयता भारतले अतिप्रभावित अमेरिका र ब्राजिललाई समेत पछि पारेको छ। पछिल्लो २४ घन्टामा ब्राजिलमा ९० हजार र अमेरिका ७५ हजार संक्रमित फेला परेका छन्।
भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि दैनिक उकालो लागिरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा ६८५ जना संक्रमितको मृत्यु भएको छ। यो गत नोभेम्बर ४ यताकै सबैभन्दा धेरै हो।
विशेषगरी भारतका महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, मध्य प्रदेश, केरला, कर्नाटका, गुजरात, राजस्थान र बिहार राज्यमा कोरोना संक्रमण विस्तारले तीव्रता पाएको छ। कोरोना रोकथामका लागि राजधानी दिल्ली र महाराष्ट्रमा रात्रिकालीन कर्फ्यु नै लगाइएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago