काठमाण्डौ । भारतमा दैनिकजसो कोरोना संक्रमितको आँकडा बढ्न थालेको छ। बढ्दो आँकडाले भारत कोरोना संक्रमणको नयाँ हट स्पट बनेको छ नै यो दोस्रो लहरको जोखिम झनै बढेको छ। 

भारतमा शनिबारमात्रै १ लाख ५२ हजार ५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनको आँकडा हालसम्मकै उच्च हो। 

भारतमा पछिल्लो २४ घन्टामा ९० हजार ३२८ मानिस निको भएका छन् र ८३८ जनाको मृत्यु भएको छ। 

मृत्युको आँकडा पनि यो वर्षको उच्च हो। गत अप्रिल ८ मा ८०२ जनाको मृत्यु भएको थियो।

कोरोना बढ्दो जोखिमकै कारण राजधानी दिल्लीमा नयाँ प्रतिबन्धहरु घोषणा गरिएका छन्। जुन अप्रिल ३० सम्म लागू हुनेछ। अब दिल्लीमा अन्तिम संस्कारमा अधिकतम २० जना र विवाह समारोहमा ५० जनामात्रै उपस्थित हुन पाउनेछन्। 

त्यस्तै दिल्लीमा सिनेमा, थिएटर र मल्टिीप्लेक्स तथा रेस्टुराँ र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतामा माचै चलाउने पाउनेछन्। मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशतमात्रै यात्रा गर्न पाउनेछन्। बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्राले गर्न सक्नेछन्। – एजेन्सी