काठमाण्डौ । कोरोना महामारीको ताण्डवअगाडि मानिस पूर्ण रुपमा विवश बनेका छन्। कतिपयको परिवारै उजाडिएको छ। कतिपय बाबु–आमाले जवान छोरी–छोरी गुमाएका छन् भने कतिपय छोरा–छोरी अनाथ भएका छन्।
भारतको उत्तर प्रदेशस्थित मेरठमा यो महामारीले झनै रौद्र रुप देखाएको छ। त्यहाँ जुम्ल्याहा दाजुभाइको कोरोना संक्रमणबाट मृत्यु भएको छ। जो दाजुभाइ एकसाथ यो धर्तीमा आएका थिए, उनीहरु एकसाथ यो धर्तीबाट बिदा भएका छन्।
मेरठमा बसोबास गर्ने ग्रेगरी रेमन्ड राफेलका जुम्ल्याहा छोराहरु दुवै इन्जिनियर थिए। उनीहरुको नाम जोफ्रेड र राल्फ्रेड थियो। दुवैले एकसाथ गत अप्रिल २३ मा २४ औँ जन्मदिन मनाएका थिए। तर कसलाई थाहा थियो र यो अन्तिम जन्मोत्सव हुनेछ भनेर। जन्मदिन पार्टीको भोलिपल्टै दुवै दाजुभाइमा कोरोना संक्रमण देखियो तर गत मे १३ र १४ तारिखमा दुवैले यो संसार छाडे।
यो घटनाले परिवारमा वज्रपात परेको पिता ग्रेगरी बताउँछन्। ‘मेरो दुवै छोरा पढाइमा अब्बल थिए, कम्प्युटर इन्जिनियर थिए’, उनले भने, ‘कोरोना हाम्रो परिवारलाई तहसनहस गरिदियो।’
दुवै दाजुभाइले बी–टेकसम्मको पढाइ पूरा गरिसकेका थिए। उनीहरु एउटा राम्रो कम्पनीमा पनि काम गर्थे।
दुवै दाजुभाइको जन्म ३ मिनेटको अन्तरमा भएको थियो। राल्फ्रेड जोफ्रेडका भाइ थिए। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago