काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको विभिन्न प्रक्रिया पूरा गर्न एक वर्ष म्याद थप गरेको छ।
विद्युत खरिदबिक्री सम्झौता (पीपीए) अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको विभिन्न प्रक्रिया पूरा गर्न प्राधिकरणले १ वर्ष म्याद थप गरेको हो। प्राधिकरण सञ्चालक समिति बैठकले त्यस्ता आयोजनाहरुको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति, वित्तीय व्यवस्थापन गर्नुपर्ने मिति र उत्पादन अनुमतिपत्र बुझाउनुपर्ने मिति अधिकतम १ वर्षसम्म म्याद गरिदिने निर्णय गरेको छ।
प्राधिकरण विद्युत व्यापार विभागले अधिकतम १ वर्ष म्याद थप गर्ने निर्णय सञ्चालक समितिबाट भइसकेकाले यो सुविधा लिन जलविद्युत प्रवरद्र्धकलाई आग्रह गरेको छ । कोरोना माहामारीको प्रभावित आयोजनाको म्याद थप गरी पीपीए भएको मिति संशोधन गर्ने सुविधा लिने प्रवरद्र्धकलाई सम्पूर्ण विवरणसहितको आवेदन दिन पनि आग्रह गरिएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19