काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणको ज्यान गुमाउनेको संख्या छिमेकी मुलुक ४ लाख नाघेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ८५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४ लाख ३१२ पुगेको हो।

हालसम्म भारतबाट ३ करोड ४ लाखभन्दा बढी कोरोना संक्रमणमा चपेटामा परिसकेका छन्। तीमध्ये अझै पनि ५ लाख ९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। 

पछिल्लो केही सातायता भारतमा निको हुनेको संख्या लगातार बढिरहेको छ। अब लगभग कोरोना दोस्रो लहर सकिने लागेको भारतीय अधिकारीहरुले बताउँछन्। – एजेन्सी