काठमाण्डौ । छिमेकी मुलुक भारतमा एकैदिन कोरोना संक्रमणको मामिला ४४ प्रतिशतले बढेको छ। 

भारतमा पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ९ हजार १९५ जना संक्रमित भएका छन्। जुन अघिल्लोको दिनको तुलनामा ४४ प्रतिशतले बढी हो। अघिल्लो दिन भारतमा कोरोनाबाट ६ हजार ३५८ जना संक्रमित भएका छन्। 

यसैबीच भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बढेर ७८१ पुगेको छ। ओमिक्रोनबाट सबैभन्दा बढी दिल्लीमा २३८ जना संक्रमित भएका छन्। महाराष्ट्रमा पनि ओमिक्रोनबाट संक्रमित हुने संख्या १६७ पुगेको छ। 

हाल भारतमा निको हुने संक्रमितको संख्या ९८.४ प्रतिशत रहेको छ। पछिल्लो २४ घन्टामा भारतमा थप ७ हजार ३४७ जना निको भएका छन्।