काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट एक सुत्केरीको ज्यान गएपछि सिन्धुपाल्चोकको बाह्रबिसे बजार र बलेफी सिल गरिएको छ।

बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। उनको हिजो पशुपतिको विद्युत् शव दाहगृहमा अन्तिम संस्कार गरिएको थियो।

बाह्रबिसे नगरपालिकाका अनुसार आइतबारबाट बाह्रबिसे बजार र बलेफी गाउँ सिल गरिएको छ। त्यहाँ नेपाली सेना परिचालन गरिएको छ। 

ती महिला घर बाह्रबिसे हो भने बलेफी उनको माइती गाउँ हो। ती महिलालाई उपचार गर्न लगिएको बाह्रबिसे स्वास्थ्य चौकी पनि सिल गरिएको छ। बिहानैेदेखि बाह्रबिसे बजार पूर्ण रुपमा बन्द छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको टोली आजै बाह्रबिसे गएर अनुसन्धान गर्ने तयारी पनि गर्दैछ। 

देशभर आइतबार बिहानसम्म २९१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक महिलाको ज्यान गएको छ भने ३६ जना निको भइसकेका छन्।