काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८० लाख नाघेको छ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर यो महामारीबाट मंगलबार बिहानसम्म ८० लाख ३५ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। तीमध्ये ४ लाख ३६ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ।

यो महामारीबाट अतिप्रभावित देशको सूचीमा अमेरिका अग्रस्थानमै छ। त्यहाँ हालसम्म २१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यीमध्ये १ लाख १६ हजारको ज्यान गइसकेको छ।

उता ब्राजिलमा पनि संक्रमितको संख्या ८ लाख ८९ हजार पुगिसकेको छ। त्यहाँ करिब ४४ हजारको ज्यान गइसकेको छ।

यसैगरी रुसमा संक्रमितको संख्या ५ लाख ३६ हजार र भारतमा ३ लाख ४३ हजारभन्दा बढी रहेको छ। यी देशमा क्रमशः ७ हजार र ९ हजार बढीको ज्यान गइसकेको छ। – एजेन्सी