काठमाण्डौ । देशका विभिन्न स्थानमा सोमबार राति र मंगलबार बिहान थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
कोरोना संक्रमणबाट नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार मृत्यु भएका छ। उनको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो।
नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीलाई कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कोरोना अस्पतालबाट थप उपचारका लागि गत साउन ३० गते पाटन अस्पताल ल्याइएको थियो। स्वास्थ्य अवस्था निकै गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
यसैगरी कोरोना संक्रमित तनहुँ व्यास नगरपालिकास्थित अम्रेनीकी ५० वर्षीया महिलाको पनि पोखरास्थित कास्की सेवा अस्पतालमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ। उनलाई गत साउन ३२ गते उक्त अस्पतालमा भर्ना गरिएको थियो। ती महिलामा कोरोना संक्रमण पुष्टि भने मंगलबार बिहानमात्रै भएको हो।
अस्पतालका चिकित्सकका अनुसार ती महिलामा निमोनिया देखिएको थियो।
उता धुलिखेल अस्पतालमा सोमबार राति ९८ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ।
धुलिलेख नगरपालिका–७ घर भएका ती वृद्धमा गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी काठमाण्डौ बस्दै आएका थिए। पिसाब बन्द हुने समस्यादेखिएपछि उनलाई धुलिखेल अस्पताल उपचारका लागि ल्याइएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago