काठमाण्डौ । देशका विभिन्न भारतमा मंगलबार रातिदेखि बुधबार बिहानसम्म कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट मंगलबार वीरगन्ज दुईजनाको मृत्यु भएको छ। दुवैको उपचारका क्रममा मृत्यु भएको हो। मृतकमा वीरगन्जको भिस्वाका ५७ वर्षीय र बिर्ताका ८४ वर्षीय पुरुष छन्।
तीमध्ये ५७ वर्षीय पुरुषको नारायण अस्पतालमा मंगलबार दिउँसो र ८४ वर्षीय पुरुषका गण्डक कोभिड अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो। दुवैमा मृत्यु भएपछि गरिएको जाँचमा कोरोना संक्रमण पोजेटिभ देखिएको चिकित्सकहरुले बताएका छन्।
यसैगरी मंगलबार राति नै हेटौँडा उपमहानगरपालिका–१ चौकीटोलकी ६१ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु छ। श्वासप्रश्वासमा समस्या देखिएकी ती वृद्धाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो। मृत्युपछि प्रादेशिक ल्याब हेटौँडामा गरिएको परीक्षणमा मृतकमा कोरोना पुष्टि भएको हो।
यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान ७१ वर्षीया एक महिलाको मृत्यु भएको छ। धरानकी वृद्धामा साउन २३ गते कोरोना पुष्टि भएको थियो। उनमा श्वासप्रश्वास र उच्च ज्वरोको समस्या देखिएको थियो।
ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा बुधबार बिहान कोरोना संक्रमित भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको मृत्यु भएको छ। उनलाई गत साउन २१ गते पाटन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago