काठमाण्डौ । कोरोना संक्रमणबाट भक्तपुर र वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ।
भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा बुटवलका ५४ वर्षीय पुरुषको आइतबार मृत्यु भएको चिकित्सकहरुले बताएका छन्। मिर्गौलामा समस्या रहेका उनको डायलासिसका लागि त्यहाँ लगिएको थियो।
यसैगरी वीरगन्जको नारायणी अस्पतालको आईसीयूमा उपचारका क्रममा आइतबार पर्साको विन्दवासिनी गाउँपालिकास्थित इटियाहीकी ७० वर्षीया वृद्धाको मृत्यु भएको छ। क्षयरोग लागेकी वृद्धालाई सास फेर्न समस्या भएपछि गत भर्दा ६ गते नारायणी अस्पताल भर्ना गरिएको थियो।
गत शनिबार स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago