काठमाण्डौ । कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ हजार नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जारी गरेको पछिल्लो अपडेटअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप २० जनाको मृत्यु भएको छ। यीसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ पुगेको छ।

यसैगरी पछिल्लो २४ घन्टाको अवधिमा देशभर थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ।

यो अवधिमा थप ३ हजार १४२ जना संक्रमणमुक्त भएका छन्। यीसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ।