काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला दैनिकजसो बढिरहेको छ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकैदिन भारतमा २ लाख ९५ हजार ४१ जना संक्रमित भएका छन्। यो हालसम्मकै उच्च आँकडा हो। 

मन्त्रालयका अनुसार मंगलबार भारतमा थप २ हजार २३ जनाको मृत्यु भएको छ। यो पनि अहिलेसम्मकै उच्च संख्या हो। हालसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८२ हजार ५५३ पुगेको छ। 

भारतमा लगातार ७ दिनदेखि दैनिकजो २ लाख बढी कोरोना संक्रमित थपिइरहेका छन्। हालसम्म भारतमा १ करोड ५६ लाख मानिस संक्रमित भइसकेका छन्। 

संक्रमित संख्याको हिसाबले भारत अमेरिकाभन्दा पछि र ब्राजिलभन्दा अगाडि छ। अर्थात भारतमा उच्च संक्रमित हुने देशको सूचीको दोस्रो स्थानमा छ। 

भारतमा अझै पनि २१ लाख ५७ हजार ५३८ सक्रिय संक्रमित रहेका छन्। – एजेन्सी