काठमाण्डौ । छिमेकी भारतमा पहिलोपटक एकैदिन कोरोनाभाइरस संक्रमणका ३ हजार बढीको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मंगलबार भारतभरि ३ हजार २८६ जना संक्रमितको मृत्यु भएको हो। यो मृत्यु एक दिनको आँकडा हालसम्मकै उच्च हो। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १ हजार १०६ जनाको पुगेको छ।
कोरोना धेरै ज्यान गुमाउने देशमा भारत चौथो स्थानमा छ।
हालसम्म कोरोनाबाट सबैभन्दा धेरै ज्यान अमेरिकामा गएको छ। त्यहाँ ५ लाख ७२ हजार बढी मानिसको मृत्यु भइसकेको छ। त्यसपछि ब्राजिलमा ३ लाख ९२ हजार बढी र मेक्सिकोमा २ लाख १५ हजार बढीको मृत्यु भइसकेको छ।
भारतमा मंगलबार एकैदिन ३ लाख ६२ हजार संक्रमित थपिएका छन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago