काठमाण्डौ । विश्वव्यापी रुपमा महामारीको रुप लिँदै गएको कोरोनाभाइरसको प्रकोपसँग लड्न विश्व बैंकले १२ अर्ब डलरको सहायता प्याकेजको घोषणा गरेको छ। 

विश्व बैंकले यो भाइरससँग लड्नका लागि विभिन्न देशलाई सहयोग गर्न सहायता प्याकेजको घोषणा गरेको हो। विश्व बैंकका अध्यक्ष डेबिड मलपासले यो सहायता प्याकेजको मुख्य उद्देश्य भनेको यो भाइरसबाट अतिप्रभावित गरिब देशहरुमा सहयोग पुर्याउने नै हो। ‘यो सहायता प्याकेजबाट त्यस्ता देशका जनतालाई यो भाइरससँग लड्ने क्षमता बढाउनका लागि हो, यसबाट ती देशहरुले तत्काल प्रभावकारी कदम उठाउन सक्षम हुनेछन्’, उनले भने।

विश्व बैंकले गरिब देशहरुलाई अहिले यो भाइरससँग लड्न निकै चुनौती बनेको जनाएको छ । विश्व बैंकले यो धनराशिबाट चिकित्सकीय उपकरण, स्वास्थ जाँच तथा विशेषज्ञता र नीगित सल्लाहका लागि खर्च गरिनेछ। 

अध्यक्ष मलपासले सहयोगका लागि अनुरोध गर्ने देशहरुलाई यो सहायता प्रदान गरिने बताए। 

हाल यो भाइरसबाट विश्वका ७० देश प्रभावित छन्। यसबाट हालसम्म ३ हजार बढी मानिसको ज्यान गइसकेको छ भने ९० हजारभन्दा बढी संक्रमित छन् । –एजेन्सी