काठमाण्डौ । रुसले कोरोना संक्रमणबाट अतिप्रभावित अमेरिकालाई स्वास्थ्य सहयोग गर्ने भएको छ। 

ह्वाइट हाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले मागेको स्वास्थ्य सहयोग उपलब्ध गराउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तयार भएको बताए। रोयटर्सका अनुसार ट्रम्पले पुटिन र आफूबीच यसका लागि टेलिफोनमा कुरा भएको बताएका छन्।

ट्रम्पले कोरोनाविरुद्धको लडाइँमा रुस पनि कठिन परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। कोरोना संक्रमणको मामिलामा रुसले जर्मनी र फ्रान्सलाई पनि उछिनेको छ।

हालसम्म रुसमा १ लाख ७७ हजार १६० संक्रमणको मामिला देखिएको छ। यो अतिप्रभावित देशको पाँचौँ स्थानमा छ। 

विश्वभर कोरोनाभाइरबाट २ लाख ६५ हजारभन्दा बढीको ज्यान गइसकेको छ। – एजेन्सी