काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको मामिला उकालो लाग्ने क्रम जारी रहेको छ। 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार शनिबारमात्रै भारतमा २ लाख ६० हजार ८१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो एक दिनकै आँकडा हालसम्मकै उच्च हो। गत शुक्रबार भारतमा २ लाख ३४ हजार कोरोना संक्रमित भेटिएका थिए।  

संक्रमितसँगै भारतमा मृत्यु हुनेको संख्या पनि दैनिकजसो बढिरहेको छ। शनिबारमात्रै भारतमा १ हजार ४९३ जना संक्रमितको मृत्यु भएको छ। 

हालको भारतको महाराष्ट्र राज्यमा सबैभन्दा बढी संक्रमित फेला परिरहेका छन्। शनिबारमात्रै महाराष्ट्रमा ६७ हजारमा संक्रमण देखिएको छ। 

यसैगरी भारतको राजधानी नयाँदिल्लीमा २४ हजार संक्रमित थपिएका छन्। दिल्ली सरकारले कुम्भ मेलामा सहभागी भएर फर्किनेहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ। – एजेन्सी