काठमाण्डौ । कोरोना संक्रमण फेरि बढ्न थालेपछि भारतको महाराष्ट्रमा आज सोमबारदेखि कडा लकडाउन गरिएको छ। 

महाराष्ट्रमा आज बिहान ७ बजेदेखि आउँदो शुक्रबार राति ८ बजेसम्म कडा लकडाउन लागू गरिएको हो। लकडाउनका बेला सार्वजनिक स्थानहरुमा ५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ। 

यसैगरी आउँदो शुक्रबार राति ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म मानिसहरुलाई घरबाहिर निस्किनसमेत प्रतिबन्ध लगाइएको छ। 

लकडाउनका क्रममा अत्यावश्यक सेवा, बस, ट्रेन र ट्याक्सी चलाउने अनु्मति दिइएको छ। तर पार्क, सैलुन, धार्मिक स्थल, जिम, इन्डोर गमे, सिनेमा घर र थिएटर बन्द गर्न भनिएको छ। राजनीतिक तथा धार्मिक समारोहहरुमा पनि प्रतिबन्ध लगाइएको छ। रेस्टुराँ तथा बारबाट पार्सल पठाउने इजाजत दिइएको छ। – एजेन्सी