काठमाण्डौ । कोरोना कहर बढ्न थालेपछि भारतको राजधानी दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु लागू गरिएको छ।
दिल्ली सरकारले यो रात्रिकालीन कर्फ्यु अप्रिल ३० सम्म जारी रहने जनाएको छ। रात्रिकालीन करफ्यु राति १० बजेदेखि बिहान ५ लागू हुनेछ। यो अवधिमा अत्यावश्यक सेवा र आकस्मिक गतिविधिका लागि कुनै रोकटोक हुने छैन । तर अन्य मानिसहरु भने घरबाट बाहिर निस्किन पाउने छैनन्।
मुख्यमन्त्री अरविन्द केजरीवाल र स्वास्थ्यमन्त्री सत्येन्द्र जैनले कोरोनाको हल लकडाउन नभएको बताउँछन्। त्यसैले रात्रिकालीन कर्फ्युका माध्यमबाट मानिसको चहलपहल नियन्त्रण गर्न लागिएको अधिकारीहरु बताउँछन्।
हाल दिल्लीमा कोरोना संक्रमण दर ५ प्रतिशतभन्दा माथि पुगेको छ। त्यही कारण दिल्ली सरकारले रात्रिकालीन कर्फ्यु लागू गरेको हो।
विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमण दर ५ प्रतिशतभन्दा मुनि रहेको अवस्था आत्तिहाल्नुपर्ने अवस्था हुँदैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago