काठमाण्डौ । कोरोना महामारी बढ्दो प्रकोपसँगै भ्याक्सिनलाई लिएर विश्व ३ वर्गमा बाँडिएको छ। पहिलो वर्गमा यस्ता देशका छन्, जहाँ आफ्नो आवादीभन्दा कैयौँ गुना बढी खोपको मात्र छ । किनकि यी देश निकै धनी छन्।
दोस्रो वर्गमा यस्ता देश छन्, जोसँगै यति धेरै पैसा छैन कि आफ्नो पूरै आवादीलाई पूर्ण खोप दिलाउन सकून् । तेस्रो वर्गमा भने यस्ता छन्, जो निकै गरिब छन् र उनीहरुसँग अन्य देशबाट खोप माग्नुको अन्य विकल्प छैन।
जहाँसम्म धनी देशको कुरा छ, उनीहरुले विश्वभर बनेका भ्याक्सिनको ४८ प्रतिशत हिस्सा आफूसँग राखेका छन्। जब कि यी धनी देशहरुको कुल आवश्यक विश्वमा १६ प्रतिशतमात्र रहेको छ। अमेरिका, बेलायजस्ता देश यी वर्गमा पर्छन्।
मध्यम स्तरका देशमा सर्बिया, ब्राजि र भारतजस्ता देश पर्छन्।
निकै गरिक देशको स्थिति खोप पाउने मामिला निकै प्रभावित छन्। यस्ता देशमा घाना, नाइजेरियाजस्ता देश पर्छन्। कतिपय गरिब देशमा अझै खोप अभियान सुर हुन सकेको छैन।
ड्युक युनिभर्सिटीको ग्लाबेल हल्थ इनोभेसन सेन्टरको रिपोर्टअनुसार धनी देशहरुले लगभग ५३ प्रतिशत भ्याक्सिन आपूर्ति बुक गरिसकेका छन्। यही कारण विश्वका ९२ गरिब मुलुकले २०२३ सम्म आफ्नो आवादीको ६० प्रतिशतलाई पनि खोप लगाउने पाउने स्थिति छैन।
हालसम्म धनी देशमा खोप विस्तारमा इजरायल अगाडि देखिएको छ। यो देशमा ६० प्रतिशतले खोपको पहिलो डोज र ५८ प्रतिशतले दोस्रो डोजसम्म लगाइसकेका छन्।
त्यस्तै बेलायतमा हालसम्म ५० प्रतिशतले पहिलो डोज लगाइसकेका छन् भने १६ प्रतिशत बढीले दोस्रो डोज लगाएका छन्। अमेरिकामा ४१ प्रतिशतले पहिलो र २६ प्रतिशतले दोस्रो डोज लगाइसकेका छन्।
यता मध्यम स्तरका देशमध्ये सर्बयाले आफ्नो कुल जनसंख्याको २७ प्रतिशतलाई दोस्रो डोज दिइसकेको छ। कोरोनाबाट अतिप्रभावित ब्राजिलमा भने हालसम्म १२ प्रतिशतभन्दा कमले मात्र खोप लगाएका छन्।
उता भारतमा हालसम्म ८ प्रतिशतभन्दा कमले पहिलो र १ प्रतिशतभन्दा कमले दोस्रो डोज लगाइसकेका छन्।
गरिब देशहरुमध्ये घानाले हालसम्म ३ प्रतिशतलाई मात्र खोप पाएका छन्। नाइजेरियामा १ प्रतिशतभन्दा कमले खोप पाएका छन् भने तान्जानियाजस्ता देशहरुले अहिलेसम्म खोप लगाउन पाएका छैनन्। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago