काठमाण्डौ । लकडाउन खुकुलो पारिएसँगै युरोपेली मुलुक स्पेनको म्याड्रिड सहरमा रहेका अत्यावश्यक सेवाबाहेकका कार्यालयहरुमा कार्यरत ३ लाख कर्मचारी सोमबारदेखि काममा फर्किएका छन्।

विश्व व्यापी महामारी कोरोनाभाइरस केही हदसम्म नियन्त्रणमा आएको भन्दै म्याड्रिडको स्थानीय सरकारले लकडाउन केही खुकुलो पारेसँग ती कार्यालयहरुमा कार्यरत कर्मचारीहरु काममा फर्किएको सीएनएनले जनाएको छ। स्पेनमा गरिएको लकडाउन दुई महिनापछि केही खुकुलो पार्दै घरमै बसेर काम गर्न नसकिने कार्यालयहरुमा कार्यरत कर्मचारी तथा मजदुरलाई काममा जान अनुमति दिइएको बताइएको छ। जसअनुसार निर्माण तथा उत्पादन उद्योगमा कार्यरत कर्मचारीहरु काममा फर्किएका हुन्।

त्यसो त म्याड्रिडमा रहेका पसल, बार, स्टुराँ र अन्य व्यापरिक कार्यालयहरु भने बन्द नै रहेका छन्। 

स्पेनको जनरल वर्कर्स युनियन (जीटीयू) ले भने काममा फर्किएका कर्मचारीहरुको सुरक्षालाई लिएर सरकारको ध्यानाकर्षण गरेको छ। युनियनले काममा फर्किएका कर्मचारीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराउन रोजगारदाता कम्पनीहरुलाई आग्रह गरेको छ। 

यो युनियनमा करिब ९ लाख ४० हजार कर्मचारी आबद्ध छन्। 

उता केही विपक्षी दलका नेताहरु र अन्य क्षेत्रीय सरकारहरुले म्याड्रिडमा लकडाउन खुकुलो पार्दै कर्मचारीलाई काममा फर्किन दिइएकोमा आलोचना गरेका छन्। उनीहरुले म्याड्रिडमा दिइएको छुटलाई गैरजिम्मेवारपूर्ण र अव्यवहारिक भएको बताएका छन्।

स्पेन कोरोनाबाट अतिप्रभावित मुलुकमध्ये एउटा हो। जहाँ हालसम्म १ लाख ६९ हजार संक्रमित फेला परिसकेका छन्। उनीहरुले म्याड्रिडको स्थानीय सरकारले लिएको यो निर्णयलाई गैरजिम्मेवारपूर्ण र जोन हप्कििङ्स विश्वविद्यालयको तथ्यांकअनुसार यो संख्या युरोपेली मुलुकमध्येकै उच्च हो भने विश्वमा अमेरिकापछि दोस्रो उच्च हो।

स्पेनमा सोमबार मध्याह्नसम्म १७ हजार ४०० जना कोरोना संक्रमितको ज्यान गइसकेको छ। स्पेनमा बितेको २४ घन्टामा ५१७ जनाको ज्यान गएको छ। यो तीन सातायताकै कम पनि हो।  – एजेन्सी