काठमाण्डौ । जर्मनीमा लकडाउन खुकुलो पारिएको केही दिनमै संक्रमितको संख्या आँकलन गरेभन्दा बढी देखिन थालेपछि पुनः कडाइ गरिएको छ।

जर्मनीका राज्यहरुले यदि सात दिनमा प्रति एक लाख जनसंख्यामा नयाँ पोजेटिभ केसहरुको संख्या ५० भन्दा धेरै भए फेरि लकडाउनमा कडाइ गर्ने निर्णय गरेका थिए। जसअनुसार जर्मनीका तीन राज्यमा लकडाउन खुुकुुलो पारिएको सात दिनमै कोरोना संक्रमितको संख्या तोकिएको भन्दा धेरै देखिएको हो। 

पोजेटिभ केसहरु धेरै देखिन थालेपछि सम्बन्धित शहरहरुका रेस्टुुराँ, पर्यटकीयस्थल र फिटनेस स्टुुडियो खोल्ने निर्णय फेरि स्थगित गरिएको छ। 

जर्मनीमा १६ राज्य रहेका छन्। ती राज्यहरुलाई लकडाउन लागू गर्ने र खुुकुुलो गर्ने छुुट दिइएको छ। 

जर्मनीका सबै राज्यहरु ७ दिनमा प्रतिएक लाख जनसंख्यामा ५० वटा नयाँ केसहरु देखिए लकडाउन फेरि कडाइका साथ लागुु गर्न विषयमा सहमत भएका थिए। 

जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य नर्थ रिने वेस्टफलियाको एक मासुु पसलमा अचानक १५० स्टाफलाई का्रोना संक्रमण देखिएको छ। यसपश्चात जर्मन सरकारले देशका सबै मासुु पसलका कर्मचारीहरुको परीक्षण गर्ने जनाएको छ। 

जर्मनीमा कोरोनाबाट संक्रमित हुुनेको संख्या ७० हजारभन्दा धेरै पुुगिसकेको छ भने मृत्युु हुुनेको संख्या पनि ७५०० भन्दा पुुगिसकेको छ। – एजेन्सी