काठमाण्डौ । कोरोना संकटले आहत पूूँजीबजार बिना राहत खुुुलाएकोमा लगानीकर्ताहरुले आक्रोश पोखेका छन्।

नेपाल इन्भेस्टर्स फोरमकी सदस्य तथा सक्रिय सेयर कारोबारी सिर्जना सुुवेदी असली लगानीकर्ताको आवाज सम्बोधनका निम्ति बजार नखुुलेको र बिना राहत प्याकेज बजार खोल्नुु घातक भएको बताइन्। ‘हातखुुट्टा बाँधेर दौड भनेर सकिन्छ ? किन्नलाई पाइन्न बेच्नलाई छुुट छ। यो राहत हो कि आहत ?’, उनले भनिन्, ‘अनलाइन कारोबारलाई बैंक खाता नजोडेसम्म सेयर बन्द गरौँ।’ 

सुवेदीले आमलगानीकर्ताहरुको सहजताभन्दा पनि सीमित माफिया लगानीकर्ताहरुको हितका लागि बजार खुुलाइएको आरोप लगाइन्। उनले भनिन्, ‘यस विषयमा नेप्से प्रमुुख चन्द्रसिंह साउदले स्पष्ट पार्नुपर्छ।’ 

लगानीकर्ता दबाब समूूह नयन बास्तोलाले महामारी र महासंकटबीच बजार खोल्ने निर्णय लिनु घातक भएको भन्दै नेप्से प्रमुख साउदको राजीनामा माग गरे। अप्ठयारो परिस्थितिको मौका छोपी १० कित्ताले सुुनियोजित रुपमा नै बजार क्र्यास गर्ने साउदलाई कारबाही हुुनुपर्ने उनको माग छ।

सेयर बजार जानकार केशव कोइराला कारोबार गर्न धितोपत्र बजार नखुलाइएको दाबी गर्दै बजार घटाउनकै लागि गरिएको प्रयास भएको बताउँछन्। ‘ढोका खोलेर बिरालो कुुट्ने काम हो अहिलेको बजार खुुलाउने काम’, उनले आक्रोशित हुुँदै भने, ‘कठिन समयमा अग्रिम रकम माग गरेर सेयर कारोबार गर्नुु मिलीभगत हो।’

अर्का सेयर बजार जानकार सूकराम पाण्डे नेप्सेले कारोबार नै खुुलाउने हो भने पूूरै ५ घन्टा नै खुलाउनुपर्ने तर्क गर्छन्। ‘नेप्सेले रियल टाइम डेटा नदिएर हामीजस्तो कारोबारीलाई असहज भइरहेको छ’, उनले भने, ‘सेयर कारोबार तथ्यांक लुकाउनेलाई कारबाही हुुन्छ कि हुुँदैन?’

हिजोबाट सुुचारु धितोपत्र बजार आज पनि नेप्से परिसूूचकमा २ प्रतिशत गिरावट आई ३९ मिनेटमै ३६ लाख रुपैयाँ हाराहारी कारोबार भई आजको कारोबार रोक्का भइसकेको छ। लकडाउन र कोरोना महामारीले धितोपत्र कारोबार असहज भइरहेको र सबै लगानीकर्ताको प्रतिनिधित्व नभई बजार खुुलाउन नहुुने मागहरु सामाजिक सञ्जालमा पोस्टिइरहेका छन्।