काठमाण्डौ । रुपन्देहीको मणिग्रामस्थित क्रिमशन अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमित पुरुषको बिहीबार बिहान निधन भएको छ। योसँग नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका अनुसार बिहान ७ बजे ४१ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी गुल्मीको मदाने गाउँपालिका–६ का बासिन्दा थिए। उनी पेसाले शिक्षक थिए।
अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि गत जेठ १ गतेदेखि क्रिमशन अस्पतालमा उपचारत थिए। गत सोमबार साँझदेखि उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो।
जेठ २ गते उनको स्वाब परीक्षणमा कोरोना संक्रमण देखिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको थियो।
यसअघि सिन्धुपाल्चोककी एक महिला र बाँकेका एक पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो।
हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या भने ४४४ पुगेको छ। जसमा ४५ जना निको भएर घर फर्किएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19