काठमाण्डौ । सरकारले निजी प्रयोगशालालाई एक व्यक्तिको कोरोना परीक्षण गरेबापत ५ हजार ५०० रुपैयाँ शुल्क उपलब्ध गराउने भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले हिजो आइतबारको नियमित प्रेस ब्रिफिङमा निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्ने दिने निर्णय भएको जानकारी गराएका थिए। उनले संकलित स्वाब नमूनाहरूलाई प्रक्रिया पुर्याएर निजी प्रयोगशालालाई परीक्षण गर्ने दिइने बताएका थिए।
सरकारले सरकारी प्रयोगशालाहरूमा चाप बढी भएर परीक्षण गर्न बाँकी रहेका स्वाब नमूनाहरू निजी प्रयोगशालालाई दिनेछ।
मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण अनुमति दिनेबारे टुंगो लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई जिम्मा दिएको थियो।
प्रयोगशालाले निजी प्रयोगशालाले लिन पाउने शुल्क ६ हजार तोके पनि मन्त्रालयले त्यसमा ५०० रुपैयाँ घटाएको हो।
यसैबीच सरकारले विदेश जाने व्यक्तिहरूको कोरोना परीक्षण गर्न राजधानीका तीनवटा अस्पताललाई तोकेको छ।
प्रवक्ता गौतमका अनुसार विदेश जानुपर्ने वा निरोगिताको प्रमाणपत्र चाहिए वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा नमूना संकलन गर्न भनिएको छ। यी अस्पतालमा पिसिआर विधिबाट कोरोना परीक्षण हुन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19