काठमाण्डौ । कोरोना संक्रमणको मामिला तीव्रगतिमा बढ्न थालेपछि भारतको तमिलनाडु राज्यको राजधानी चेन्नाई फेरि लकडाउन लागू गरिएको छ।
चेन्नाई र आसपासका तीन जिल्लामा १२ दिनका लागि लकडाउन लागू गरिएको हो। यो अवधिमा अत्यावश्यक सामानका पसल र औषधि स्टोरहरुमात्र खुला रहने तमिलनाडु राज्य सरकारले स्पष्ट पारेको छ।
लकडाउन जुन ३० तारिखसम्म जारी रहनेछ।
चेन्नाईमा ३७ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। जब कि तमिलनाडु राज्यमा संक्रमितको संख्या ५० हजार बढी रहेको छ।
यो राज्यमा हालसम्म ६०० मानिसको ज्यान गइसकेको छ। यहाँ कोरोनाबाट हुने मृत्यु दर कम देखिए पनि यसमा पुनः जाँच गरिने भएको छ। स्वास्थ्य जानकारहरुका अनुसार चेन्नाईमा करिब २०० मृतकको संख्या कोरोनाबाट हुने मृत्यु आँकडामा जोडिएको छैन।
भारतमा यही महिनाको सुरुआतमा लकडाउन हटाइएको थियो। चेन्नाई एकमात्र सहर हो जहाँ पूर्ण रुपमा लकडाउन लागू गरिएको छ। – एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19