काठमाण्डौ । नेपालमा रसुवाबाहेक बाँकी ७६ वटै जिल्लामा कोरोना संक्रमण फैलिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४६१ पुरुष र ७४ महिलामा सङ्क्रमण देखिएको उनले जानकारी दिए।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै पाल्पामा ९० जना कोरोना संक्रमित थपिएका छन् ।
यस्तै कैलालीका ५८ जना, गुल्मीका ५५, सर्लाहीका ४७, रौतहटका ३४, स्याङ्जाका ३३, प्युठानका ३०, सिराहाका २३, नवलपुरका १६, डडेलधुरा र सप्तरीका १५/१५ जना, बैतडीका १४, दाङका १३, मोरङ र रुपन्देहीका १२/१२ जना, तनहुँका ११ र धनुषाका १० जनामा संक्रमण पुष्टि भएको छ।
अर्घाखाँचीका ९ जना, नवलपुरका ८, डोटीका ७, नवलपरासी र चितवनका ५/५ जना, झापाका ३, अछाम र सिन्धुपाल्चोकका २र२ जना, महोत्तरी, गुल्मी, जाजरकोट र ओखलढुंगाका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या ९ हजार ५६१ पुगेको छ।
यसैगरी एक लाख ८१ हजार ३७१ जनामा पिसिआर र दुई लाख ६८ हजार १०३ जनामा आरडिटी परीक्षण गरिएको छ। पछिल्ला २४ घण्टामा पिसिआर छ हजार १९८ र आरडिटी पाँच हजार ९२९ जनामा गरिएको छ।
यस्तै ९० हजार ३७० जना क्वारेन्टिन र सात हजार ७८९ जना आइसोलेशनमा रहेका छन्।
सोमबारसम्म २१४२ डिस्चार्ज भएका छन् । मृतकको संख्या २३ रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago