काठमाण्डौ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारको नियमित प्रेस ब्रिफिङका क्रममा थप १०१ जना कोरोना देखिएसँगै संक्रमितको संख्या १७ हजार ४४५ पुगेको उल्लेख गरेको छ। 

पछिल्लो २४ घन्टामा २८५ जना निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या ११ हजार ३४ पुगेको छ। निको हुनेको संख्या ६६.१२ प्रतिशत रहेको छ।

हाल ५ हजार ८७१ जना संक्रमितको आइसोलेसनमा उपचार भइरहेको छ भने २२ हजार ७५६ जना क्वारेन्टिनमा छन्।