काठमाण्डौ । देशका विभिन्न भागमा मंगलबार राति कोरोना संक्रमणबाट थप दुई पुरुषको मृत्यु भएको छ। कोरोनाबाट ललितपुर र बाँकेमा एक÷एकजना पुरुषको मृत्यु भएको हो।
ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण ५४ वर्षीय एक पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिअनुसार काठमाण्डौनिवासी ती व्यक्तिको गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो।
यसैगरी बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित नेपालगन्जनिवासी ३७ वर्षीय एक युवकको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो। सोही दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। भोलिपल्ट अर्थात हिजो मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको थियो।
अवस्था जटिल बनेपछि हिजो उनलाई भेन्टिलेरमा राखेर उपचार सुरु गरिए पनि बचाउन नसकिएको अस्पतालका चिकित्सकहरुले बताएका छन्।
हिजो मंगलबारमात्रै देशका विभिन्न स्थानमा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको थियो।
ललितपुर र बाँकेमा थप दुईजनाको मृत्यु भएसँगै मृतकको संख्या १७४ पुगेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago