काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बितेको २४ घन्टामा ३५४ जना कोरोना संक्रमित थपिएका छन्।

नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डौमा २९० जना तथा ललितपुर र भक्तपुरमा ३२÷३२ जना गरी उपत्यकामा कुल ३५४ जना संक्रमित थपिएको जानकारी गराएको हो। पछिल्लो २४ घन्टामा देशभर १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा २९० जना महिला र ६९० जना पुरुष गरी कुल ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यीसँगै देशभर कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ। 

यो अवधिमा १ हजार ८१४ जना संक्रमण निको भएर डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको संख्या २८ हजार ९४१ पुगेको छ।

मन्त्रालयका अनुसार बितेको २४ घन्टामा थप ९ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या आइतबारसम्म २८९ पुगेको छ।