काठमाण्डौ। पछिल्लो २४ घन्टामा नेपालमा २ हजार ६३८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कोरोना संक्रमितको संख्या अहिलेसम्म १ लाख १७ हजार ९९६ पुगेको छ। 

बितेको २४ घन्टामा १३ हजार ९२७ जनाको पीसीआर परीक्षण गर्दा काठमाण्डौ उपत्यकामा १४०३ सहित २६३८ जना कोरोना संक्रमित थपिएका हुन्। यो अवधिमा उपत्यकाका काठमाण्डौमा ९९६, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना संक्रमित थपिएको बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ।

मन्त्रालयका अनुसार देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ। तीमध्ये संस्थगत आइसोलेसनमा १४ हजार ८१९ जना छन् भने होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन्।

पछिल्लो २४ घन्टाको अवधिमा थप १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। योसँगै ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ।