काठमाण्डौ । विश्वका गरिब देशका मानिसलाई लक्षित गरी विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) अन्तर्गत रहेको खोप योजनाले कोरोनाभाइरसविरुद्धको खोपले निम्त्याउने सम्भावित ‘साइड इफेक्ट’ मा उपलब्ध गराउनुपर्ने क्षतिपूर्तिका लागि कोष स्थापना गरेको छ।
यो कोषमार्फत डब्ल्यूएचओले कोरोनाविरुद्धको खोप विश्वव्यापी रुपमा नपुग्ने भयलाई पनि निरुत्साहित गर्ने लक्ष्य लिएको छ। यो खोप योजना दशकअघि एचवानएनवान स्वाइन फ्लु महामारीको समयमा भएका ढिलाइहरुको पुनरावृत्तिबाट बच्न स्थापना गरिएको थियो। त्यतिबेला स्पष्ट दायित्वको अभावमा निम्न आय भएका दर्जनौँ देशमा खोप परीक्षण सुस्त भएको थियो।
यो योजनाले अफ्रिका र दक्षिण पूर्वी एसियाका अधिकांश देशसहित ९२ देशमा क्षतिपूर्ति विधेयक लागू गर्नेछ। यो विधेयक लागू भएपछि ती देशका सरकारहरुले आफ्ना जनताबाट कोरोनाविरुद्धको खोपको अप्रत्यासशित नतिजाविरुद्ध दाबी पेस गरे अति कम वा निःशुल्क रुपमा त्यसको सामना गर्नेछन्।
त्यसो त यो खोप योजनाले दर्जनौँ मध्य आय भएका देशहरु जस्तै– दक्षिण अफ्रिका, लेबनान, गाबोन, इरान र धेरैजसो लेटिन अमेरिकी देशहरुलाई भने यो सुरक्षा प्रदान गरिने छैन।
यो योजना कोभ्याक्स भ्याक्सिनका संस्थापकहरुले सञ्चालन गरिरहेका छन्। जसको डब्ल्यूएचओ र विश्वव्यापी भ्याक्सिन साझेदार गाभीले नेतृत्व गरिरहेका छन्। कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्म २ बिलियन प्रभावकारी खोप विश्वभर वितरण गर्ने लक्ष्य लिएको छ।
डब्ल्यूएचओको क्षतिपूर्ति योजनाअन्तर्गत देशहरुले कोभ्याक्सको कोरोनाविरुद्धको भ्याक्सिनले निम्त्याएको साइड इफेक्टका लागि कम्तीमा पनि सन् २०२२ को जुलाईसम्म दाबी पेस गर्नुपर्नेछ।
सामान्य अवस्थामा यी लागतहरुलाई बीमकहरुले कभर गर्नुको साटो साइड इफेक्ट पीडितहरुलाई सम्भावित क्षतिपूर्ति कोभ्याक्सद्वारा निर्माण गरिएको संयन्त्रमार्फत भुक्तानी गरिनेछ।
कोभ्याक्सले ९२ देशका जनताहरुलाई मात्रै आफ्नो खोपले निम्त्याएको नकारात्मक असरहरुको क्षतिपूर्ति प्रदान गरिने स्पष्ट पारेको छ। तर कुन आधारमा ९२ देशहरुको छनोट गरिनेछ भनेर कोभ्याक्सले केही पनि जानकारी उपलब्ध गराएको छैन।
नियामक निकायबाट स्वीकृत प्राप्त खोपको नकारात्मक प्रभाव दुर्लभ रुपमा देखिने गर्दछ। तर कोरोनाविरुद्धको खोप जुन गतिमान विकास भइरहेको त्यसले आम जनमानसमा खोपप्रति चासो बढाइदिएको छ। यो जोखिमलाई बीमा कोषको स्थापनाद्वारा उजागर गरिएको छ।
विश्व अहिलेसम्म कोरोनाविरुद्धको कुनै पनि प्रमाणित खोप विकास भएको छैन। डब्ल्यूएचओले भने पहिलो प्रमाणित खोप यही वर्षको डिसेम्बरभित्र तयार भइसक्ने अनुमान लगाएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19