काठमाण्डौ । पछिल्लो २४ घन्टा अवधिमा देशभर थप २ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। 

पछिल्लो २४ घन्टामा ३ हजार १५० जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ३७ हजार ९९२ पुगेको छ। यो संक्रमणमुक्त हुने दर ७८.१८ प्रतिशत रहेको छ। 

हाल आइसोलेसनमा रहेका संक्रमितको संख्या ३७ हजार ५२४ रहेका छन्। त्यस्तै क्वारेन्टिनमा २ हजार ११९ जना रहेका छन्। 
कोरोनाबाट पछिल्लो २४ घन्टाको अवधिमा थप २४ जनाको ज्यान गएको छ। यीसँगै ज्यान गुमाउनेको संख्या ९८४ पुगेको छ। मृतक दर भने ०.५६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।