काठमाण्डौ । अमेरिकी कम्पनी मोडेर्ना विकास गरेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।
भ्याक्सिन निर्माता कम्पनी मोडेर्नाले सोमबार प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यस्तो दाबी गरेको हो। यो भ्याक्सिनका माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढेको कम्पनीले जनाएको छ।
मोडेर्नाले अबको केही सातामै नियामकसमक्ष यो भ्याक्सिनको अनुमोदनका लागि आवेदन दिने जनाएको छ। उसले यो प्राम्भिक नतिजा सार्वजनिक भएको दिन विश्वकै लागि खुसीको क्षण भएको जनाएको छ।
मोडेर्नाले यो भ्याक्सिनको तेस्रो चरणको परीक्षण ३० हजार मानिसमा गरेको थियो। तीमध्ये १५ हजारलाई ४ साताको अन्तरमा भ्याक्सिनको दुई डोज दिइएको थियो। बाँकीलाई कोरोनाको भ्याक्सिन दिइएको थिएन।
कम्पनीले ९४.५ प्रतिशत मानिसलाई यो भ्याक्सिनले कोरोना संक्रमणबाट बचाएको दाबी गरेको छ।
यसअघि अमेरिकी कम्पनी फाइजरले विकास गरिरहेको एउटा भ्याक्सिन र रुसी भ्याक्सिन ‘स्पुतनिक भी’ पनि खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरिएको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19