काठमाण्डौ । विश्वमा कोरोनाभाइरसविरुद्धको लडाइँमा विजय प्राप्त हुने दिन नजिकिँदै गइरहेको छ।
रुस र बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन दिन सुरु भइसकेको छ। आजबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिनेछ।
यसबीच वैज्ञानिकहरु कोरोना भ्याक्सिनलाई लिएर केही सल्लाह सार्वजनिक गरेका छन्। उनीहरुका अनुसार यो भ्याक्सिनको सबैभन्दा ठूलो शत्रु रक्सी हुन सक्छ। त्यसैले कोरोना भ्याक्सिन लगाएपछि रक्सी पिउन नहुने उनीहरुको सल्लाह छ।
रुसमा कोरोनाविरुद्धको स्पुतनिक भी भ्याक्सिन लगाउने काम भइरहेको छ। त्यहाँका वैज्ञानिकहरुले जसले यो भ्याक्सिन लगाएका छन्, उनीहरु रक्सीबाट टाढै रहनुपर्ने चेतावनी दिएका छन्। किनकि हालै गरिएको अनुसन्धानबाट यदि कोरोनाविरुद्ध भ्याक्सिन लगाएका मानिसहरुले रक्सी सेवन गरेमा भ्याक्सिनको असर तत्काल प्रभावहीन हुने उनीहरुको दाबी छ।
रुसी वैज्ञानिकहरुले कोरोना भ्याक्सिन लगाएकाहरुले कम्तीमा २ महिनासम्म रक्सी सेवन गर्न नहुने सुझाव दिएका छन्।
त्यसो यसअघि भ्याक्सिनको विकास भइनसकेको अवस्थामा रक्सी सेवनबाट कोरोनाभाइरसबाट बच्न सकिन्छ भन्ने हल्ला पिटाइएको थियो। तर वास्तविकता त्यस्तो नभएको वैज्ञानिकहरुको भनाइ छ। रक्सीले सेवनले कोरोनाभाइरसबाट बचाउनेभन्दा मानिसहरुलाई झनै कमजोर पार्ने तर्क उनीहरुको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19