 
                     
                                
                             
                                    काठमाण्डौ । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल, काठमाण्डौ स्थित नक्साल तरकारी बजारमा क्यू आर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ ।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित आज मिति आज शुक्रबार भएको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलपूmल तथा तरकारी खरिद गर्दा क्यू आर कोडबाट बाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भयो । यस तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यू आर कोडबाट बाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बंैकिङ्गको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको भन्ने बैंकको बुझाइ छ ।
खुद्रा पैसाको झन्झट नहुने, जुन सुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यू आर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19