काठमाण्डौ । कोरोना संक्रमण बढ्दै गएपछि भारतको महाराष्ट्र राज्यमा आइतबारदेखि लागू हुने गरी रात्रिकालीन कर्फ्यु जारी गरिएको छ।
महाराष्ट्र सरकारले राति ८ बजेदेखि बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो। रात्रिकालीन कर्फ्यु आउँदो अप्रिल १५ सम्म रहनेछ।
भारतीय मिडियाहरुका अनुसार महाराष्ट्रका मुख्यमन्त्री उद्धव थाक्रेले गत शुक्रबार कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि रात्रिकालीन कर्फ्यु जारी गर्ने घोषणा गरेका थिए।
त्यस्तै महाराष्ट्र सरकारले सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाएको छ। यति यो नियम उल्लंघन भए भारु १ हजारसम्म जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।
यो अवधिमा सिनेमा हल, मल, अडिटोरियम र रेस्टुराँहरू पनि बन्द गर्न महाराष्ट्र सरकारले निर्देशन दिएको छ। होम डेलिभरी र टेक अवे सेवामा भने प्रतिबन्ध लगाइएको छैन।
भारतमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको छ। भारतका महाराष्ट्र, छत्तीसगढ, गुजरात, हरियाणा, कर्नाटका, दिल्लीलगायत १५ राज्यमा कोरोना संक्रमित बढिरहेका छन्।
भारतमा शनिबारमात्रै ६२ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ।
हालसम्म भारतमा१ करोड १९ लाख मानिस कोरोना संक्रमित भएका छन् भने १ लाख ६१ हजारजनाको मृत्यु भइसकेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago