काठमाण्डौ । भारतमा नयाँ कोरोना संक्रमणको मामिला पछिल्लो ३ दिनदेखि दैनिक घट्न थालेको छ भने निको हुनेको संख्या बढ्न थालेको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ लाख ११ हजार १७० जना कोरोना संक्रमित फेला परेका छन्। यो अवधिमा ३ लाख ६२ हजार ४३७ जना निको भएका छन्।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ४ हजार ७७ जनाको मृत्यु भएको छ।
राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा थप ६ हजार ४३० जना कोरोना संक्रमित फेला परेका छन्। यो अवधिमा ११ हजार ५९२ जना निको भएका छन्। अहिले दिल्लीमा कोरोना संक्रमण दर घटेर ११.३२ प्रतिशतमा झरेको छ। हाल दिल्लीमा ६६ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
भारतको महाराष्ट्रमा पनि लगातार संक्रमितको संख्या घट्दै गएको छ। पछिल्लो २४ घन्टामा ३४ हजार ८४८ जनामा संक्रमित देखिएको छ भने ५९ हजारभन्दा बढी निको भएका छन्।
यसैबीच दिल्लीमा लकडाउन थप एक साता लम्बाइएको छ। अब लकडाउन मे २४ सम्म रहनेछ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना संक्रमण घट्दै गए पनि यसको चेनब्रेक गर्नका लागि एक हप्ता लकडाउन बढाउने निर्णय गरिएको बताएका छन्। साथै, उनले भ्याक्सिनको अभावबारे केन्द्रीय सरकारलाई पत्र पनि पठाएका छन्।
मुख्यमन्त्री केजरीवालले थप लकडाउन स्वास्थ्य संरचना तथा संसाधन मजबुत पार्नका लागि लगाइएको स्पष्ट पारेका छन्। ‘अहिले कोरोना संक्रमणको मामिला निकै घट्न थालेको छ’, उनले भने, ‘थप लकडाउनले कोरोना नियन्त्रण ठूलो भूमिका निर्वाह गर्ने हामीले विश्वास लिएका छौँ।’ – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago