काठमाण्डौ । कोरोनाकालमा विकास निर्माणका काममा निकै ठूलो प्रभाव पर्दा समेत शिवम सिमेन्टले आफ्नो नाफा बढाएको छ । 

शिवम सिमेन्टले आर्थिक वर्ष २०७७\७८ को चौथो त्रैमाससम्ममा १ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.४१ प्रतिशतले बढी हो । 

कम्पनीसँग ९५ करोड बढी सेयर प्रिमियम समेत रहेको छ । 

कोरोनाकालमा समेत कम्पनीको मुख्य आम्दानी ९ अर्ब ९० लाखबाट बढेर ९ अर्ब ६१ करोड पुगेको छ । 

कम्पनीले यो अवधिमा वित्त खर्चमा व्यापक कटौति गरेको देखिएको छ । अघिल्लो वर्ष यस्तो खर्च १५ करोड रहेकोमा त्यो घटाएर ३ करोड १३ लाखमा सीमित भएको छ । 

कुल ४ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीको रिजर्बको आकार ५ अर्ब ४ करोडबाट बढेर ५ अर्ब ३८ करोडको उचाईमा पुगेको छ । 

विभिन्न सहायक कम्पनीहरुको लगानी ३ अर्ब ५६ करोडबाट बढेर ३ अर्ब ८६ करोड पुगेको देखिएको छ । 

नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि गत वर्षको २६.७५ रुपैयाँबाट बढेर ३१.६८ रुपैयाँ पुगेको छ । 

प्रतिसेयर नेटवर्थ समेत बढेर रु. २२२.४१ पुगेको छ भने पीई अनुपात ४६.०३ गुणा र तरलता अनुपात १.६३ प्रतिशत रहेको छ ।