काठमाण्डौ । कोरोना संक्रमणको जोखिम फेरि बढ्न थालेपछि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुले आज दिउँसो सर्वपक्षीय बैठक डोकेका छन्। 

कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने सम्बन्धमा छलफल गर्न बैठक डाकिएको हो। छुट्टाछुट्टै छलफल गरेपछि उपत्यकाका तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने बताइएको छ। तीनै जिल्लाको बैठक आजै वा भोलि बस्न सम्भावना रहेको छ। 

संयुक्त बैठक बस्नुअघि ललितपुर र भक्तपुरका सीडीओहरुले जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधि, सुरक्षा अधिकारी, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधिलगायतसँग परामर्श गर्न लागेका हुन्। 

दुई दिनअघि सीसीएमसीको बैठक बसे निर्णयहरु सार्वजनिक भएका छैनन्।