काठमाण्डौ । विराटनगरस्थित कोसी कोभिड १९ अस्पतालमा उपचाररत थप चारजना कोरोना संक्रमित निको भएर बुधबार घर फर्किएका छन्।

निकोर भएर घर फर्किनेमा सबै उदयपुर भुल्केका हुन्। उनीहरुको रिर्पाृ नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोसी अस्पताल विराटनगरकी मेसु डा संगीता मिश्राले बताइन्। कोरोना निको हुनेमा ३ महिला र १ पुरुष छन्। 

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ जना छ। जसमध्ये बुधबारसम्म ३० जना निको भएर घर फर्किएका छन्। 

यसअघि २६ जना कोरोना निको भएर घर फर्किका थिए।