काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्तिका लागि ३ जनाको नाम छनोट गरी सिफारिस गरिएको छ।
छनोट तथा सिफारिस समितिले गत आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका ५ जना आकांक्षीमध्ये ३ जनाको नाम छनोट गर्दै सिफारिस गरेको हो। ‘सिफारिस गरिएकाहरुमा कृष्णबहादुर कार्की, डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी छन्’, अर्थ मन्त्रालयले स्रोतले भन्यो।
व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिएका रमेश घिमिरे र प्रवीण पन्दाक भने सीईओ हुने दौडबाट बाहिरिएका छन्।
अब अर्थमन्त्रीले मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरिएकाहरुको नाम पेस गर्ने अर्थ स्रोतले जानकारी दियो। ‘तिनैमध्ये एकजनालाई मन्त्रिपरिषद्को बैठकले नेप्सेको सीईओमा नियुक्त गर्नेछ’, स्रोत भन्यो। सीईओको कार्यकाल ४ वर्षको हुनेछ।
सिफारिस गरिएकामध्ये कार्की र श्रेष्ठ सेयर लगानीकर्ता तथा सक्रिय कारोबारी हुन्। श्रेष्ठले सेयर बजारसँग सम्बन्धित एउटा अनलाइनमा लगानीसमेत गरेका छन्।
भण्डारी चाहिँ आरबीबी मर्चेन्ट बैंकिङमा सीईओ भइसकेका व्यक्ति हुन्।
सर्वोत्तम सिमेन्टको सेयर भित्री कारोबार प्रकरणमा मुछिएपछि नेप्सेका तत्कालीन सीईओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago