काठमाण्डौ । के तपाइँ आफ्नो कम्प्युटर वा ल्यापटपमा गूगल क्रोम प्रयोग गर्नुहुन्छ ?यदि गुर्नहुन्छ भने त्यसलाई अपडेट गरिहाल्नुस् । गूगलले क्रोम ब्राउजरका लागि नयाँ अपडेट रोल आउट गरेको छ ।
गूगलले आफ्ना सबै प्रयोगकर्ताहरुलाई यो अपडेट जतिसक्दो चाँडो इन्स्टल गर्न अपिल पनि गरेको छ । गूगलका अनुसार यो अपडेटबाट क्रोमको सुरक्षा सम्बन्धी ११ वटा समस्याहरु समाधान हुनेछन् । क्रोम अपडेटपश्चात भर्जन ९८.०.४७५८.१०२(६४–बीट)हुनेछ ।
गूगलले क्रोममा केही बग्सहरु पत्ता लगाएको छ । यी बग्सहरुमध्ये एउटालाई जीरो–डे रेटिङ प्रदान गरिएको छ । त्यसैले गूगलले प्रयोगकर्ताहरुलाई तुरुन्तै अपडेट गर्न अपिल गरेको हो । ताकि प्रयोगकर्ताहरुलाई कुनै पनि प्रकारको नोक्सानीको सामना गर्न नपरोस् । विश्वभर करिब ३२० करोड प्रयोगकर्ताहरुले क्रोमको प्रयोग गरिरहेका छन् ।
जीरो–डे असुरक्षा भनेको के हो ?
जीरो–डे एक प्रकारको कम्प्युटर–सफ्टवेयर असुरक्षा हो । जसबाट ह्याकरहरुले सजिलै फाइदा उठाउन सक्छन् । कुनै पनि असुरक्षाका बारेमा ह्याकरहरुले थाहा पाए भने जीरो–डे रेटिङ प्रदान गर्ने गरिन्छ । यसको सक्रिय रुपमा फाइदा उठाइँदैछ । यसबाट बच्नका लागि प्रयोगकर्ताहरुले आफ्नो क्रोम तथा सिस्टमलाई निरन्तर अपडेट राख्न आवश्यक हुन्छ ।
गूगल क्रोम ब्राउजर अपडेट गर्ने प्रक्रिया
–आफ्नो डिभाइसमा गूगल क्रोम ब्राउजरलाई खोल्ने
–दायाँ भागको माथि दिइएको तीनवटा डट आइकनमा ट्याप गर्ने
–हेल्प अप्सनमा गएर ‘एबाउट गूगल क्रोम’मा जाने
–त्यहाँ नयाँ विन्डोमा युजर क्रोम ब्राउजरको उपलब्ध भर्जन देख्न सकिन्छ
–यहाँ अपडेटमा क्लिक गरेर अपडेट गर्ने
क्रोम ब्राउजर एपलाई आईओएस तथा एन्ड्रोइड डिभाइसमा एप्पल एप स्टोर तथा गूगल प्ले स्टोरबाट अपडेट गर्न सकिन्छ । गूगलले हालै मात्रै क्रोम ब्राउजरका लागि एउटा नयाँ ट्राभल फिचर घोषणा गरेको छ । जसले तपाइँको ब्राउजिङ हिस्ट्रीलाई व्यवस्थित गर्न सहयोग गर्छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago